Ad Image

पोखराको बतासेडाँडामा जिप दुर्घटना, ५ जना घाइते

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734603501.jpg

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

 

ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।


पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ ।


जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

 

घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।