मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। हिजो स्थगित भएको मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।