Ad Image

क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734712336.jpg

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपीएलको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेको हो ।

सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ । यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिमलाई फाइनलमा हराउँदै यसअघिका दुई हारको बदला लिन चाहन्छ ।

सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन् ।