Ad Image

चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734832071.JPG

चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट  स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए।

विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आएकी हुन् । उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन् । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छिन् ।