Ad Image

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734847785.jpg

काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू‍. एक हजार एक सय र चाँदी प्रतितोला रू. तीसले बढेको छ ।


गत शुक्रबार प्रतितोला रू. एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू. एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू. एक हजार सात सय ९० मा कारोबार हुनेछ ।