न्यायिक सहजकर्ताका रुपमा काम गर्न विद्यार्थीहरुलाई काठमाडौं महानगरपालिकाको आह्वान


काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ । सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ताका रूपमा काम गर्न निवेदन पेस गर्न आह्वान गरिएको हो ।
कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) इच्छुक विद्यार्थीहरूलाई यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न जारी सूचनामा भनिएको छ ।