Ad Image

पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735017621.png

पोखरा । पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकाशमा उडेको छ ।


महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।


यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।