Ad Image

बसबरिया गाउँपालिकामा सार्वजनिक बिदा

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735191875.png

काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ । बसबरिया गाउँपालिका –३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको मृत्यु भएको छ ।


कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति भरतपुर अस्पतालमा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका छन् ।


महतो २०७४ / २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।


वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबारका लागि गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको  हो ।