Ad Image

आज सुनको मूल्य ६०० ले बढ्यो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735192556.png

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।  बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।