Ad Image

गण्डकी प्रदेश निजामती सेवा अध्यादेश प्रमाणीकरण

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735295893.jpg

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएकामा आज प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गरेका हुन् ।


नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


गत मङ्गलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो ।