Ad Image

सिगास गाउँपालिकाको लगन बजारमा बिजुली पुग्यो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735447485.jpg

काठमाडौँ । बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा लगनमा बिजुली बलेको हो ।


लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका –३  का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा स्थानीय खुसी भएको बताए । उनका अनुसार बिजुली नपुगेका ठाउँमा पनि विस्तारका लागि पहल भइरहेको छ ।


पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भइरहेको पनि उनले जानकारी दिए । वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने वडाअध्यक्ष धामीले जानकारी दिए ।