Ad Image

नेकपा एमालेले पर्सामा बाँड्याे २–२ लिटर पेट्रोल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735464883.png

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सा गएका छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएका हुन् ।


आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली गएका हुन् । कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन ओली पर्सा गएका हुन् ।


यही कार्यक्रममा ठुलो सहभागिता देखाउनको लागि गाउँगाउँमा तेलको कुपन बाँडिएको कार्यक्रममा सहभागी भएका एक एमाले कार्यकर्ताले बताए । प्रत्येक पालिकामा यसरी कुपन बाँडिएको छ ।


सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय थियाृे । नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।


तर प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आफूहरूले कुनै किसिमको तेलको कुपन नबाँडेको बताए । उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन् ।  मन्त्री जैसवालका भाइलाई एमालेमा प्रवेश गराउन प्रधानमन्त्री ओली पर्सा गएका हुन् ।