Ad Image

सुन्दरहरैँचा नगरपालिकाले पच्चीस लाखमा मौरीपालन गर्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735635579.jpg

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले रु. २५ लाख खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।


कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् ।


सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा  पनि मद्दत पुग्ने उनले बताए ।