Ad Image

सूर्यदर्शन सहकारी रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735637619.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बयान सुरु भएको हो ।


सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको छ अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।  


यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको मंगलबार बयान सकिएको थियो ।


यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।