Ad Image

नयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735706354.jpg

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावललेआज पत्रकार सम्मेलन गर्दैछन् । नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले आज आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् । बबरमहल रहेको कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् ।

एमालेले पार्टीबाट निकालेपछि उनले नयाँ पार्टी गठनका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । केही दिनअघि मात्र उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।