Ad Image

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735711362.png

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु. एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो ।

मङ्गलबार प्रतितोला रु. एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु. एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु. एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।