काठमाडौं महानगरको कर्मचारीलाई निर्देशनः विदामा नबस्नु र विदा स्वीकृत पनि नगर्नु


काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवं राजस्व हेर्ने कर्मचारीहरूलाई विदामा नबस्न निर्देशन दिएको छ । महानगरले अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा विदा नबस्न र विदा स्वीकृति नगर्न निर्देशन दिएको हो ।
महानगरको प्रशासन विभागका प्रमुख ध्रवकुमार काफ्लेले पठाएको पत्रमा भनिएको छ, 'काठमाडौं महानगरपालिकाको आ.व. ०८०/०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरु तथा सबै वडा सचिवरलेखा प्रमुखर राजश्व हेर्ने कर्मचारीहरुले आ.व.०८०/०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्नु/नगराउनु हुन यसै पत्रबाट जानकारी गराइन्छ ।’
