Ad Image

आजको मौसमः तराईमा हुस्सु र कुहिराे लाग्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735610346.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती भने पहाडी क्षेत्र र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।