Ad Image

के छ हजुर ? नामले भाइरल बालक सचिन परियारको निधन

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735802021.jpg

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।


स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले बताएको छ । उनको १३ वर्षको उमेरमा निधन भएको हो ।


सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए ।

 

बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।

 

सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।