Ad Image

स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735815978.png

काठमाडौँ । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।


कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप-समिति सदस्य कमल लामा पक्राउ परेका थिए ।

 

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् ।


अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।