प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार प्रधानमन्त्री ओली भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।