नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की


काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरू नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ईश्वर कार्की छन् । राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
