Ad Image

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ गर्दै तीनपाटन गाउँपालिका

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735913071.jpg

सिन्धुली । तीनपाटन गाउँपालिकाले यही पुस २२ गते प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । पालिकाले एक सार्वजनिक सूचना जारी गर्दै चदाह, जिर्घाह, लंगुर, हाडी, भालु, कन्या र वाक्सु खोलाहरुको बगर क्षेत्रहरुबाट वातावरणमैत्री तथा दिगो रुपमा ढुंगा, गिट्टी तथा बालुवा संकलन/उत्खनन् कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । 
उक्त कार्यक्रममा सम्बन्धित सरोकारवाला संघसंस्था तथा स्थानीय बासिन्दाहरुलाई तोकिएको मिति र समयमा सहभागी भइ आफ्नो सल्लाह सुझावहरु राख्न पालिकाले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना: