Ad Image

एमाले छाडेको घोषणा गर्दै सर्वेन्द्र खनालले भने– देश र जनताको हितका लागि सधैँ लडिरहनेछु

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736050838.jpg

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदै एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।

 

‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, उनले फेसबुुकमा लेखेका छन्, राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

 

एमाले प्रवेश गरे लगतै उनले एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । त्यसपछि एमालेले उनलाई पुनः तनहुँमा भएको उपनिर्वाचनमा टिकट दिएको थियो । त्यहाँ पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।