Ad Image

छिन्नमस्ताका विपन्न नागरिकले पाए निःशुल्क बिजुली मिटर

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736057028.jpg

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ ।

 

पालिकाभित्रका दलित समुदायका एकल र विपन्न ५० जना महिलालाई पालिकाले निःशुल्क विद्युतीय मिटर उपलब्ध गराएको हो । मिटर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् पहुँच विस्तारसँगै आपूर्तिले उनीहरूको जीवनयापन सहज हुने बताए ।

 

विद्युत् अभाव पेखिरहेका विपन्न परिवारका लागि निःशुल्क रुपमा मिटर जडान गरिदिएको र यसले वालवालिकाको अध्ययनमा समेत फरक पार्ने उनको भनाइ छ ।

 

उज्यालोको सुविधा भएसँगै यहाँका ५० परिवारको शिक्षा, रोजगारी र दैनिक कार्यमा सहज हुने बताएका छन् । छिन्नमस्ता गाउँपालिकाले आन्तरिक स्रोत र क्षमताभित्र रहेर आगामी दिनमा एकल महिला, विपन्न वर्ग र दलित समुदायलाई यस्ता सुविधा उपलब्ध गराउँदै जाने अध्यक्ष चौधरीले बताए ।

 

मिटर वितरणले विद्युत चुहावट कम हुने र विद्युतीय दुर्घटनामा पनि कमी आउने पालिकाको भनाइ छ ।