Ad Image

धेरैजसो विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान प्रभावित

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736060331.jpeg

काठमाडौं । आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको छ ।


त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । वायुसेवा कम्पनीहरुका अनुसार आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन ।


तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । यद्यपि उडानहरु प्रभावित रहेको बुद्ध एयरले जनाएको छ ।


तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।