Ad Image

युट्युबर मनोज मानव फेरि पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736067124.jpg

काठमाडौँ । मनोज मानव भनेर चिनिएका युट्युबर मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।


उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।

 

स्टार अनलाइन टिभी नामक युटुब चलाउदै आएका महतोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।


यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।