गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी


सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले बा. २ झ ३६४३ नम्वरको सरकारी गाडी 'स्कारपियो' तोडफोड गरेकी हुन ।

उपाध्यक्ष सिंहले प्रहार गरेको इँटा र ढुङ्गाबाट स्कारपियोको झ्याल र ढोकाको सिसा फुटेको छ भने गाडीको अन्य भाग कुच्चिएको चालक बाबुनाथ यादवले बताए। हाल अध्यक्ष र उपाध्यक्षले एउटै गाडी प्रयोग गर्दै आएका छन् ।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिइन् । उनले समयमा नआएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गाडी चढेपनि उपाध्यक्षलाई भने गाढी सुविधा दिएको छैन। कार्यालयको एक थान स्कारपिओ गाडी अध्यक्षले प्रयोग गर्दै आएका छन् भने प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएका छन् । उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छन्। घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले उपाध्यक्ष सिंहको नैतिकतामाथि प्रश्न उठेको छ ।