Ad Image

तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने युवती आफू सुतेको कोठामा मृत भेटिइन्

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736159432.jpg

बुटवल। रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् ।


गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका(२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताए ।


डिएसपी पण्डितले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’


उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ ।


मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।


मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिए ।