Ad Image

सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरबाट २९ जना महिलासहित ५३ जना पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735920810.jpg

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।  अनलाइनबाट जुवा खेलाएको आशंकामा केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ५३ जनामध्ये  २९ महिला र ३ जना भारतीय नागरिक हुन् । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा भाडामा लिएको ४ तले घरबाट कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । 

प्रहरीले उनीहरुको साथबाट ८५ वटा ल्यापटपका साथै ८२ वटा मोबाइल बरामद गरेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआइबीले जनाएको छ ।