Ad Image

संगै शिकार खेल्न गएका युवकको शंकास्पद मृत्यु पछि मिक्लाजुङ गाउँपालिका अध्यक्षसहित ७ जनाविरुद्ध उजुरी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736331478.jpg

पाँचथर । एक युवकको  शंकास्पद मृत्यु भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमसहित सातजनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अध्यक्ष माखिमसँग सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएका विषयमा प्रहरीमा उजुरी परेको हो ।

 

एक महिनाअघि भएको घटनालाई ढाकछोप गर्न खोजिएको र ढिलोगरी परिवारका सदस्यले अध्यक्ष माखिमसहित सातजनाविरुद्ध उजुरी दिएका हुन् । प्रहरीले समेत उजुरी लिन नमानेपछि हुलाक र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराएको पीडित परिवारले जनाएको छ ।

 

यही पुस १४ गते मृतककी दिदी विष्णुमाया, काका राजकुमार र बुबा शरणबहादुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन खोजेका थिए । तर, प्रहरीले नलिएपछि हुलाक र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गरिएको हो ।

 

पालिका अध्यक्ष माखिम, मिक्लाजुङ–७ का राजकुमार तामाङ, डिकेन तामाङ, धनप्रसाद तामाङ र दोस्तीहाङ माखिमसहित ७ जनाविरुद्ध उजुरी परेको हो । तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको, घटनाको अनुसन्धान गरी दोषीमागि कारबाही गर्न पीडित परिवारले उजुरीमार्फत माग गरेका छन् ।

 

तेजबहादुरको गोलिया काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको भन्दै हतार हतार पोष्टमार्टम गर्न लगाइएको र परिवारलाई पनि अन्तिम संस्कारका लागि दबाब दिएको थियो ।

 

गएको मंसिर २१ गते तेजबहादुर अध्यक्ष माखिमसँग सिकार खेल्न जैसीभीर जंगल गएको दाबी गरिएको छ । अध्यक्ष माखिमसहितले तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टर पुर्‍याएर हतारहतार पोस्टमार्टम र अन्त्येष्टि गर्न लगाएको पीडित परिवारको आरोप छ । घटनाको भोलिपल्ट मात्र खबर पाएका परिवारले एक महिनापछि उजुरी दिएका हुन् ।

 

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार तेजबहादुरको टाउकोमा चोट लागेकाे, करङ भाँचिएको, पेटमा रगत जमेको थियो ।