Ad Image

पालुङ जेसिजको अध्यक्षमा माधव कार्की निर्वाचित

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736403071.jpg

मकवानपुर । पालुङ जेसिज वर्ष २०२५को अध्यक्ष पदमा माव कार्की निर्वाचित भएका छन् । पुष २४ मा भएको निर्वाचनबाट १४ मतले निकटतम प्रतिस्पर्धी संजय गोपालीलाई पराति गर्दै कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

 

अध्यक्ष पदको लागी भएको निर्वाचनमा कार्कीले ५९ मत प्राप्त गर्दा गोपालीले ४५ मत प्राप्त गरे । निर्वाचित कार्की सन २०१५ बाट पालुङ जेसिजमा आवद्ध भएसँगै २०२० मा भरतरत्न छात्रवृति कार्यक्रम संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०१३ मा कोषाध्यक्ष भईसकेका छन् ।

 

कार्कीले यसअघि २०२४ को अध्यक्षका लागि निर्वाचनमा भाग लिएका थिए । उनि निरज रायमाझीसँग ४२ मतले पराजित भएका थिए । सो निर्वाचनमा रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत पाएका थिए । यसवर्ष भने उनले मतदाता आफ्नो पक्षमा पार्न सफलभएका छन् ।

 

यस वर्ष कुल १ सय १२ जना मतदाता रहेको पालुङ जेसीज वर्ष २०२५ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा १ सय ४ मत खसेको निर्वाचन आयुक्त काकीले बताए त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा अजित कार्की र स्मिता विष्ट निर्वाचित भएका छन् ।

 

उपाध्यक्ष्य पदमा विश्वनाथ रायमाझी, रोशनी गोपाली, शिशिर कुमार खत्री र विकेशबाबु बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत संगम कार्कीले जानकारी दिए ।