Ad Image

मेडिकल व्यवसायी दुर्गा प्रसाईं ३ लाख धरौटीमा छुटे

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736431423.jpeg

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।  अदालतको आदेशपछि उनी धरौटी बुझाएर रिहा भएका छन् ।  

पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।  

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो । प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँल पनि ३ लाख धरौटीमा सँगै रिहा भएका छन् भने अर्का आरोपित रामचन्द्र मैनाली भने फरार छन् ।