Ad Image

न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736437941.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले परिवारको जिम्मामा छाडेको छ ।  फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण पछि 
प्रहरीले उनलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएर छाडेको हो ।  अस्पतालबाट बाहिरिने क्रममा बिहीबार राति प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति आफ्नो सम्मान रहेको बताएका छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘न्यायालयप्रति सम्मान गर्छु ।’

यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । र