Ad Image

लीला पछाईं ३७ लाख धरौटी बुझाएर रिहा भइन्

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736502920.jpg

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो ।


कास्कीका डीएसपी वसन्तराज शर्माका अनुसार शुक्रबार धरौटी बुझाएर उनी रिहा भएका हुन् । बिहीबार धरौटी रकम नबुझाएपछि उनी हिरासतमै थिइन् ।


जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।


बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए ।


लामिछानेले ६५ लाख, छविलाल जोशीले ८८ लाख, मीना गुरुङले पाँच लाख, रामबहादुर खनालले १५ लाख, आरती गुरुङले पाँच लाख र कृष्णबहादुर गुरुङले एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।