Ad Image

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736504396.jpg

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मोरङ उर्लावारी– ५ नमुनाटोल घर भई हाल ललितपुर–२७ सुनाकोठी बस्दै आएका ४७ वर्षीय भुमिका देवान रहेका छन् ।  


उनले युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।


उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।