Ad Image

रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736654950.jpeg

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ । न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि उनलाई हिजो प्रहरी हिरासतमा राखिएको थियो ।
 
हिजो अदालत खुल्नु अगावै नै काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरुमा नै बयान दिएका थिए ।  उनको बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई हिरासतमा पठाइएको हो । थुनछेक बहस नसकिँदासम्म लामिछाने जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने छन्। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकाले काठमाडौंमा पनि बयान लिइरहेको हो ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । उक्त सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।