Ad Image

स्वीकृति नलिई जग्गा 'प्लटटिङ' गर्नेलाई कारवाही गर्ने नमोबुद्ध नगरपालिकाको चेतावनी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736785132.jpg

काभ्रे । नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको स्वीकृति नलिई खण्डीकरण वा प्लटटिङ गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार नगरपालिकाले सार्वजनिक सूचना निकालेर स्वीकृति नलिई जग्गाको खण्डीकरण वा प्लटटिङ नगर्न आग्रह गर्दै अटेर गर्नेउपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रियाअगाडि बढाइने बताएको छ ।

व्यवस्थित सहरीकरणको विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको हुँदा प्रचलित कानुनबमोजिम पूर्वस्वीकृत लिएर मात्र जग्गा खण्डीकरण एवं प्लटिङ गर्न आग्रह गरिएको छ । पूर्वस्वीकृत बिना जग्गाको खण्डीकरण गर्ने काम गरेमा नगरपालिकावाट प्रदान गरिने सेवा सुविधा एवं सिफारिस रोक्का गर्नुका साथै नक्सापास गर्न समेत बाध्य नहुने मेयर कुनसाङ लामाले जारी गरेको सूचनामा उल्लेख छ ।