Ad Image

फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736821948.jpg

काठमाडौं । समाजवादी मोर्चा फेरि सक्रिय हुने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिर रहेका ४ दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् ।जसका लागि चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक आज बस्ने भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा नारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

कार्यदलमा श्रेष्ठसहित नेकपा माओवादीबाट महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।सो कार्यदलले प्रतिवेदन तयार पारेपछि बुधवार भने मोर्चाका शीर्ष नेताको बैठक बस्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।