Ad Image

अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736919876.jpg

नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । केजरीवालमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई स्वीकृति दिएको हो ।


गत वर्षको नोभेम्बरमा सर्वोच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने आदेश दिएको थियो । केजरीवाललाई ईडीले मदिरा घोटालाको मास्टरमाइन्ड र किंगपिन बताउँदै आएको छ ।


केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई मदिरा घोटाला प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणमा संलग्न भएको आरोपमा सम्पत्ति शुद्धिकरण अधिनियम (पीएमएलए) अन्तर्गत मुद्दा चलाउन ईडीलाई निर्देशन दिएको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले समाचार छापेको छ ।