Ad Image

काठमाडौंको काडाँघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736921513.jpg

काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।


बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।  त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

 

पक्राउ परेका उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।