Ad Image

सिरहाको मिर्चैयामा स्थानीयले गरे १ घण्टा चक्काजाम, सडक छिटो निर्माणको गर्नुपर्ने माग

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736923528.PNG

जनकपुरधाम । सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयाका बासिन्दाले पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । स्थानीयहरूले बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म चक्काजाम गरेका हुन् ।


सडक निर्माणमा ढिलासुस्ती गर्दा धुलोधुवाँको कारण स्वासप्रश्वासमा समस्यासँगै हिँडडुल गर्न पनि सास्ती खेप्नु परेको उनीहरुको गुनासो छ ।


पूर्वपश्चिम राजमार्गको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ ।


समयमै काम नसकिँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गर्दा स्थानीय आजित छन् । सडक छिटो निर्माणको माग गर्दै उनीहरूले पटकपटक आन्दोलन गर्दै आएका छन् ।


फेरि पनि आन्दोलन चर्काउने तयारीमा रहेका उनीहरुले आज दिउँसो सर्वपक्षीय छलफल राखेका छन् ।