रिहा भएपछि रविले भने– ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाई धन्यवाद’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।
उनी रिहा भएपछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन । उनले अदालतबाट निस्किने क्रममा छोटो प्रतिक्रिया दिँदै भनेका छन्, ‘सबैसबै जनालाइ धेरैधेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिँए, अदालतप्रति सम्मान व्यक्त गर्न चाहान्छु, न्यायप्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाई विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’