Ad Image

१५ महिनादेखि जारी युद्ध अन्त्य गर्न हमास र इजरायलबीच युद्धबिराम

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736994728.jpeg

काठमाडौं । गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् । सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो । कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेर युद्धबिरामलाई अन्तिम रूप दिएका हुन ।

इजरायललाई ट्रम्प दूतले र हमासलाई कतार, टर्की र इजिप्टले दबाब दिएर युद्धबिराम र बन्धक छुटाउने सहमति भएको बताइएको छ । सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ । यो सँगै हमासले बन्धक बनाएका विपिन जोशी छुट्ने बाटो खुलेको छ ।