तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, 'एचआईभी' संक्रमित भेटिएपछि खुल्यो रहस्य


काबुल । अफगानिस्तानका तालिवान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ । आफ्ना सेनामा एचआईभी संक्रमित भेटिए पछि हैरान भएको तालिवान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो।
सो छापामारीको क्रममा त्यहाँ दुई जना केटा एक बन्द अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिवान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखिरहेको खुलेको थियो ।
अफगान तालिवान सेनाको ‘पुरुषप्रतिको प्रेम’ कारण प्रशासन थप तनावमा परेको जनाइएको छ । यस सम्बन्धमा तालिवान उच्च कमाण्डले कसैसँग यौनसम्बन्ध राख्नु अघि उनीहरूको मेडिकल जाँच गर्न आफ्ना सबै लडाकुहरूलाई मौखिक निर्देशन दिएको छ ।
यो छापामारी त्यसबेला भएको हो, जुन बेला काबुलमा केही युवाहरूले आत्महत्या गर्ने प्रयास गरेका थिए र केहीले आत्महत्यासमेत गरेपछि यो कुरा बाहिर आएको हो ।
सोधपुछका क्रममा ती युवाहरूलाई तालिबानका सदस्यहरूले अपहरण गरी बन्दी बनाएर उनीहरूसँग लामो समयसम्म यौनसम्बन्ध राखेको खुलासा भएको थियो। केही महिनापछि यी केटाहरू घर फर्किएपछि उनीहरूलाई एचआईभी एड्स भएको खुलेको थियो ।
त्यसपछि तालिवान प्रशासनले गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको हो । तालिवान प्रशासनले त्यहाँ उपस्थित सबै तालिवान लडाकुहरूको मेडिकल टेस्ट गरेको र यो रिपोर्ट गोप्य राखिएको बताइएको छ।