Ad Image

तोलामा १२०० बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737006070.jpg

काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।


सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।


बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।