Ad Image

कांग्रेस नेता कोइराला र बेलायती कानुनमन्त्रीबीच भेटवार्ता

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737036699.jpg

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनबीच भेटघाट भएको छ ।  संसद् भवन (हाउस अफ कमन्स)मा भएको भेटमा उनीहरूबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा छलफल भएको थियो । 

यसैगरी नेता कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग पनि भेटघाट गरेका छन् । उनले संसद भवन (हाउस अफ कमन्स) मा मन्त्री गिन्नेलाई भेटेका हुन् । भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको छ । कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरेको उनको सचिवालयले जनाएको छ । 

यसैबीच नेता कोइरालासँग भेटेपछि बेलायती संसदको तर्फबाट नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरले बेलायतको संसदमा नेपालबारे आफ्नो धारणा राखेकी छन् । उनले नेपाल जलवायु परिवर्तनको चरम चपेटामा परेको र गत वर्ष काठमाडौंमा बाढीका कारण २ सय भन्दा बढीको ज्यान गएको प्रसंग उल्लेख गर्दै बेलायत सरकारबाट वर्षौदेखिको पुरानो मित्र राष्ट्रका लागि के(कति सहयोग भयो भनि सरकारको जवाफ मागेकी छन् ।