Ad Image

मानवअधिकारसहित दुई संसदीय समितिको बैठक बस्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735446014.jpg

काठमाडौं । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारवाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।