Ad Image

शंखरापुरमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा १३ जना पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1732979787.jpg

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३ स्थित बोझेनीमा विद्युतको सवस्टेशन निर्माणमा अवरोध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो । झडपमा संलग्न भएको भन्दै प्रहरीले बोझिनी गाउँका १७ जनालाई नियन्त्रणमा लिएकोमा ४ जनालाई छाडेको छ ।  
 

काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा बेला–बेला तनाव हुने गरेको छ । सो स्थानमा प्रहरीले यसअघि पनि बल प्रयोग गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।