Ad Image

राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737107293.jpg

काठमाडौं, ४ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।     
     
राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए।     
     
उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।